बुटवल,३१ बैशाख ।
बुटवल उपमहानगरपालिकाद्वारा आयोजित बैदेशिक राेजगारबाट फर्किएका व्यक्तिहरूका लागि तीन दिने उद्ममशिलता प्रवर्द्धन सम्बन्धि तालिम बिहीबार समापन भएको छ ।

तालिम समापनका अवसरमा बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्यालले बैदेशिक राेजगारीबाट फर्किएका व्यक्तिहरूलाई स्वदेशमै स्वराेजगार बनाउने उदेश्यले उपमहानगरपालिकाले तालिम दिएको भन्दै सीप सिकेर स्वराेजगार बन्न सहभागीहरूलाई आग्रह गरिन् ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले तालिममा सिकेका कुराहरू व्यवहारमा लागू गरेर स्वराेजगार भए मात्रै तालिमले सार्थकता पाउने भन्दै आफुले सिकेको सीप अनुसारको पेसा व्यवसाय गरेर स्वराेजगार बन्न सहभागीहरूलाई सुझाव दिए ।

प्रशिक्षार्थी बाबुराम श्रेष्ठले तालिम उपयोगी भएको र थप सिक्ने भाेक जगाएकाे भन्दै आगामी दिनमा सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन सम्बन्धि तालिमको व्यवस्था गर्न माग गरे ।

४५ जनाकाे सहभागीता रहेको तालिममा मुख्य प्रशिक्षक द्राेेण जिसी,राेजगार शाखा प्रमुख पाण्डेलगायतले सहजिकरण गरेका थिए ।