बुटवल,२९ बैशाख ।
बुटवलमा आजदेखि बैदेशिक राेजगारबाट फर्किएका व्यक्तिहरूका लागि उद्ममशिलता प्रवर्द्धन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाे आयोजनामा सञ्चालित तालिम तीन दिनसम्म सञ्चालन हुने बुटवल उपमहानगरपालिका श्रम तथा राेजगार प्रवर्द्धन शाखा प्रमुख अरविन्द पाण्डेले जानकारी दिए ।
बैदेशिक राेजगारबाट फर्किएका व्यक्तिहरूलाई स्वदेशमै उद्यमशील बनाउने उदेश्यले उद्ममशिलता प्रवर्द्धन सम्बन्धि तालिम दिइएको शाखा प्रमुख पाण्डेले बताए ।
४५ जनाकाे सहभागीता रहेको तालिममा प्रशिक्षक द्राेेण जिसी,राेजगार शाखा प्रमुख पाण्डेले सहजिकरण गरेकाे बुटवल उपमहानगरपालिकाले जनाएको छ ।





