बुटवल,२८ बैशाख ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देही जिल्लाका विभिन्न स्थानहरुमा सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याुएको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनिहरुलाई स्वरुप परिर्बन गरेका मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढी बस्ने बिपिन परियार,रुपन्देहीकै सम्मरीमाई गाँउपालिका वडा नं. ६ नगौलिया बस्ने कृष्ण गुप्ता,सोही ठाउँका कुसदेव यादव,सोही ठाउँकै पवन गुप्ता, रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.९ बस्ने दिलिप कुर्मी,सोही ठाउँका रोजन बोहोरा क्षेत्री, सिद्धार्थनगर नगरपालिका वडा नं.१२ बस्ने प्रतियुष बस्याल, सिद्धार्थनगर नगरपालिका वडा नं. ६ बस्ने सुमिद्र राणा,सिद्धार्थनगर नगरपालिका वडा नं.९ बस्ने बिजय राजभर,रुपन्देहीको मायादेवी गाँउपालिका वडा नं. ८ बस्ने आयुथ पौडेल र भारत जिल्ला महाराजगंज थाना नवतुना अड्डाबजार बस्ने सुदिप कुर्मी रहेका छन् ।

सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिए ।