पाल्पा,२६ बैशाख ।
जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको रामपुर नगरपालिका-६ बराहाटार बस्ने ४२ वर्षीय संजय कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हाे ।
संजयले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटना बारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






