दाङ २६ वैशाख ।
दाङको राजपुर गाउँपालिका–४ फोहोराका ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो बञ्चरो प्रहारबाट मृत्यु भएको छ ।
सामुदायिक वनमा काठ काटेको विषयमा विवाद हुँदा राजपुर–४ सन्तपुरुवा निवासी २३ वर्षीय इच्छाकुमार रैदासले बञ्चरो प्रहार गर्दा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
स्थानीय रामजानकी सामुदायिक वन क्षेत्रबाट काँचो काठ काटेको विषयमा विवाद हुँदा रैदासले बन्चरो प्रहार गरेका थिए । रैदास फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।






