प्यूठान,२५ बैशाख ।
सासुको हत्या गरेको आरोपमा प्यूठानबाट बुहारी पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा जिल्लाकाे स्वर्गद्वारी नगरपालिका-६ डाँडाखर्क बस्ने ३२ बर्षिय चेती सुनार रहेकी छन् ।

गत २०७९ मंसिर १ गते ६३ बर्षिय धनी कुमारी सुनारको हत्याको अनुसन्धानको क्रममा उनकै बुहारीको संलग्नता भएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

बुहारी चेती सुनारलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।