काठमाडौं,२५ वैशाख ।
भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूले काठमाडौंको माइतीघरमण्डलमा थाल र चम्चा ठटाएर प्रदर्शनमा गरेका छन् ।

काठमाडौंका विभिन्न क्षेत्रबाट विस्थापित भएका अव्यवस्थित र सुकुमवासी बस्तीका नागरिकहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले डोजर चलाउन बन्द गर, व्यवस्थापन गर, विस्थापन होइन न्याय देऊ, मानव अधिकार देऊ लगायत लेखेको प्लेकार्ड सहित प्रदर्शन गरिरहेका छन् । उनीहरूले प्लेकार्डसँगै प्लेट,थाल र चम्चा ठटाएर विरोध जनाएका छन् ।

सरकारले विकल्प विना बस्ती खाली गराउन थालेपछि देशभरका सुकुम्बासी तथा अव्यवस्थित बसाेबासी आन्दोलनमा उत्रिएका हुन् ।

काठमाडौंका १६ बस्तीबाट नौ दिनमा १५ हजार बढी विस्थापित भएका छन् । सरकारले विस्थापितहरूलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर राखेको छ ।