बुटवल,१४ बैशाख ।
बुटवलमा दर्ता बिनाका ई-रिक्सा चालक तथा मजदुरहरू संगठित भएका छन् ।
बुटवल उपमहानगरपालिका र ट्राफिक प्रहरीले दर्ता बिनाका ई-रिक्सा सञ्चालनमा कडाइ गरेपछि उनिहरू संगठित भएका हुन् ।
आफुहरूसँग रिक्साकाे बिलकुक,वीमा,लाइसेन्स सबै भएकोले नगरपालिकामा दर्ता भएर सञ्चालन हुन पाउनुपर्ने उनिहरूकाे माग छ ।
बिना दर्ताका ई-रिक्सा चालकहरूका संयोजक भीमबहादुर सुनारले
बुटवल उपमहानगरपालिकाले पहिला १०८० ई-रिक्सा मात्रै दर्ता गर्ने निर्णय गरे पनि पछि बढाएर १२४० पुर्याएकाे भन्दै अब त्यसमा पाँच सय थप दर्ता गर्नुपर्ने माग गरे ।
दर्ता भएका ई-रिक्सा चालकहरूले आफुहरूलाई हेपेर ठाेक्किएला जस्तो गरेर हिड्ने गरेको अर्की ई-रिक्सा चालक सरस्वती खड्काकाे गुनासो छ ।
आफुहरूले पनि बिलबुक,वीमाकाे शुल्क तिर्दै आएकोले नगरपालिकामा पनि दर्ता भएर सञ्चालन गर्न पाउनुपर्ने खीमकुमारी कुँवरकाे माग छ ।
अर्का ई-रिक्सा चालक दुर्गा पाल्पालीले बुटवल उपमहानगरपालिकाकाे दर्ता मापदण्ड त्रुटिपूर्ण रहेको भन्दै बुटवलमा दुई हजार ई-रिक्सा सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।








