बुटवल,१४ बैशाख ।
सार्वजनिक तथा भाडामा चल्ने सवारीसाधनमा आफुखुसी सफटफ ( हुड ) राख्ने १५ सवारीसाधनलाई कारबाही गरेको छ ।
बुटवल स्थित लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले आज बिहान बुटवलको गाेलपार्कमा गरेको चेकजाँचका क्रममा आफुखुसी सफटफ ( हुड ) राख्ने १५ सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो ।
आफुखुसी हुड राख्ने १५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई कार्यालयमा लगि हुड निकाली सवारी ऐन अनुसार आवश्यक कारबाही गरि पठाइएको साे कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ ।
ट्राफिक प्रहरीले आइतबार बिहान बुटवल उपमहानगरपालिका–३ चिडियाखोला क्षेत्रमा करिब १५० वटा सवारी साधनमा नियम बिपरित जडान गरिएका फग लाइट र प्रेसर हर्न हटाउन लगाएको थियो ।








