बुटवल,११ बैशाख ।
रूपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं ५ मणिग्राम स्थित लुम्बिनी कृषि उपज थाेक बजार प्रा लि मा ल्याइएका तरकारी अन्यत्र बिक्री गर्ने ठाउँ नपाएका कारण सडेर फ्याक्नु परेको किसानहरूले गुनासो गरेका छन् ।

देशका विभिन्न जिल्लाबाट थाेकमा बिक्रीका लागि ल्याइएका तरकारी लुम्बिनी कृषि उपज थाेक बजार प्रा लि मा ग्राहकको कमि भएको र बुटवलको सरकारी सब्जिमण्डीलगायत अन्य हाटबजारहरूमा बिक्री गर्न नपाएका कारण सुकेर र सडेर फ्याक्नु परेको किसानको गुनासो छ ।

नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रीता केसीले बुटवल स्थित लुम्बिनी फलफूल तरकारी थाेक बजार केन्द्रका व्यापारीहरूकाे सिन्डिकेटका कारण नेपालमा उत्पादीत तरकारी तथा फलफूल बिक्रीवितरण गर्न समस्या भएको बताइन् ।

भारतीय तरकारी तथा फलफूलले बुटवलको फलफूल तरकारी थाेक बजार केन्द्रमा सहजै प्रवेश पाउने तर नेपालमा उत्पादीत तरकारी र फलफूलले प्रवेश नपाउनु दुखद कुरा भएको उनको भनाइ छ ।