बुटवल,१० बैशाख ।
भारतीय पर्यटकहरुलाई दुःख दिएको आरोपमा ३ जना बिचौलियालाईरुपन्देहीको सिमा नाका बेलहीयाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको नियन्त्रणमा पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १ बस्ने वर्ष २६ कोनिरज हरिजन,सोही ठाउँ बस्ने बर्ष ३२ को बैजु कलवार र भारतको महाराजगंज जिल्ला सुनौली बस्ने वर्ष २७ को मुलायम यादव रहेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.१ बेलहिया स्थित नेपाल भारत अन्तर्राष्ट्रिय सीमानामा भारतीय पर्यटकलाई अनावश्यक दुःख हैरानी दिएको अभियोगमा उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी,प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार उनिहरुलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।