बुटवल,९ बैशाख ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले राष्ट्रिय आर्थिक गणना सफल बनाउन उद्योगी, व्यवसायी तथा संघ–संस्थासँग आवश्यक सहयोग गर्न अपिल गरेको छ ।

संघले बुधबार सूचना जारी गरेर आर्थिक गणनामा सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेको हो ।

संघद्वारा जारी अपिलमा नेपाल सरकार अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका आर्थिक एकाइहरूको यथार्थ अवस्था पहिचान गर्न आर्थिक गणना सञ्चालन गरिरहेको उल्लेख गर्दै सो कार्यलाई प्रभावकारी बनाउन गणकहरू घरदैलोमा पुग्ने भएकाले सही तथा यथार्थ विवरण उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको हो ।

अपिलमा भनिएको छ, आर्थिक गणनाबाट प्राप्त तथ्याङ्कले देशको आर्थिक नीति निर्माण, योजना तर्जुमा तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने भएकाले यसलाई सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ ।

संघले रुपन्देही जिल्लाभित्रका सम्पूर्ण उद्योग, व्यवसाय तथा संघ–संस्थालाई गणकहरूलाई आवश्यक जानकारी प्रदान गरी राष्ट्रिय अभियानमा सहकार्य गर्न अनुरोध गरेको छ ।