बुटवल,९ बैशाख ।
बुटवल उपमहानगरपालिकाकाे सडक पेटी खाली गराउने अभियान आज आठौं दिन पनि जारी रहेको छ ।
पैदल यात्रुका लागि सडक पेटी सहजरूपमा उपयोग गर्न पाउनुपर्ने अधिकारकाे रक्षा गर्नुका साथै बजारलाई साैन्दर्यकरण गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले बैशाख २ गतेदेखि फुटपाथ खाली गराउने अभियान सञ्चालन गरेको हो ।
सडक पेटी खाली गराउने कार्यमा बुटवलका नगर प्रमुख खेलराज पाण्डेय,उपप्रमुख सावित्रा देवी अर्याल,बुटवल उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठ,बुटवल उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष प्रदिप श्रेष्ठलगायतका जनप्रतिनिधि,नगर प्रहरी फिल्ममा खटिएका थिए ।
अभियानको आठौं दिन आज बुटवल उपमहानगरपालिका वडा नं ९ कालिका पथमा अनुगमन गरेको हो ।
सुरुवाती चरणमा आक्रामक रूपमा सडक पेटी खाली गराउने अभियान पछिल्लो समय सुस्ताएकाे भन्ने प्रश्नमा उपप्रमुख सावित्रा देवी अर्यालले कार्यपालिकाबाट निर्णय गरेर र सबै सराेकारवालाहरूसँगकाे सहमतिमा सञ्चालन गरिएकोले अभियान नराेकिने बताइन् ।








