बुटवल,९ बैशाख ।
यातायात व्यवस्था विभागले सार्सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन निर्देशन दिएको छ ।
यातायात व्यवस्था विभाग अन्तर्गतको सवारी अनुगमन,मापदण्ड तर्जुमा र सवारी-चालक व्यवस्थापन कार्यालयले सार्वजनिक यातायात सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गरि यातायात व्यवसायी र मन्त्रालयवीच यसअघि भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
मिति २०६५ /११/२० गते तत्कालीन भाैतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको अध्यक्षतामा यातायात व्यवसायी संघ संस्थाहरूसँगकाे छलफलमा सार्वजनिक सवारीसाधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने सहमति भएको स्मरण गराउदै पत्रमा उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।
सवारी अनुगमन,मापदण्ड तर्जुमा र सवारी-चालक व्यवस्थापन कार्यालयका निर्देशक गणेशमान सिं राईले यातायात व्यवसायी संघ संस्थाहरूलाई पत्र लेखेर हेल्लाे सरकार र गुनासो तथा उजुरी पेटिकाहरूमा सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट सुविधा उपलब्ध नगराइएकाे गुनासो आएकोले यातायात व्यवसायी र मन्त्रालयबीच यसअघि भएको सहमति कार्यान्वयन गर्न निर्देशन दिइएको हो ।











