बुटवल,५ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले घुससहित पक्राउ गरेका एक कर्मचारीको साथबाट थप रकमसमेत बरामद भएको छ ।
सर्जमिन मुचुल्का मिलाइदिने भन्दै सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस मागेको आरोपमा मालपोत कार्यालय भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
नियन्त्रणमा लिएपछि आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा उनको साथमा रहेको झोला खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप साढे ३ लाख रुपैयाँ बरामद भएको हो ।
उनलाई अख्तियारको टोलीले शुक्रबार साँझ सिद्धार्थनगर नगरपालिका १३ स्थित होटल निर्मला बाट घुससहित पक्राउ गरेको थियो ।








