कास्की,४ बैशाख ।
ट्राफिक प्रहरीले सडकमा पार्क गरिएको प्रहरीकै सवारीसाधनलाई कारबाही गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय कास्कीले ग १ झ ५७१ नम्बरको सवारीसाधनलाई कारबाही गरेको हो ।
कारबाही गर्दै ट्राफिक प्रहरीले सुरक्षा संयन्त्रका सवारीसाधनलाई पनि नियम लागू हुने भन्दै जथाभावी पार्किङ नगर्न आग्रह गरेको छ ।
सामाजिक सञ्जालमा प्राप्त विवरणका आधारमा उक्त साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।








