काठमाडौं,३ बैशाख ।
इरानी सेनाको नियन्त्रणमा रहेका उदयपुरको गाईघाटका अमृत झा रिहा भएका छन् ।

कतारस्थित नेपाली दूतावासले अमृत झा रिहा भएको परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखालाई जानकारी गराएको हो । अमृतकी दिदी पूजा झाले पनि भाइ रिहा भएको जानकारी पाएको बताएकी छन् ।

३० वर्षीय अमृत झासहित ७ जनालाई इरानी सुरक्षाकर्मीले हर्मुजभन्दा माथि रहेको समुद्री आइल्यान्ड केशनबाट पक्राउ गरेको थियो ।

परराष्ट्र मन्त्रालयले झालाई इरान युद्ध भन्दा अगाडी नै पक्राउ गरेको बताएको थियो ।