काठमाडौँ,२५ चैत ।
सरकारले सार्बजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढाएको छ ।
यातायात व्यवस्था विभागले बुधबारदेखि लागु हुने गरि अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढाएको हो ।
सुचकका रुपमा रहेका इन्धनका बजार मूल्य ५ प्रतिशत वा साे भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा भाडा बढाइएको जनाएको छ ।
पछिल्लो पटक डिजेलको औसत बजार मूल्य प्रतिलिटर १५०.८३ हुँदा २०८१ पुस २२ मा भाडा समायोजन गरिएको थियो । त्यसयता विभिन्न सुचकहरुको वजारमुल्यमा आएको परिवर्तन र ईन्धनको मुल्यमा भएको वृद्वि समेतलाई विचार गरि आजदेखि लागु हुनेगरि दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा ) सञ्चालन हुने सार्वजनिक यातायात (विद्युतीय सवारी बाहेक) को भाडादर स्वचालित प्रणाली बमोजिम भाडादर बढाइएको विभागले उल्लेख गरेको छ ।
विभागले सार्वजनिक सवारीको प्रकार यात्रुवाहक सवारी भाडामा भएको स्वचालित समायोजन १६.७१ प्रतिशत बढाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक यातायातमा २१.६८ प्रतिशत भाडा दर बढाएको छ ।
त्यसैगरी तराईको बाटोमा सञ्चालन हुने यातायातका साधनमा १५.७५ प्रतिशत मुल्य वृद्धि गरिएको छ ।








