बुटवल,२४ चैत ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको हालै सम्पन्न २५ औँ वार्षिक साधारण सभा तथा १४ औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको मंगलवार एक कार्यक्रमका बिच पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
निवर्तमान अध्यक्ष टीकाराम गौतमको टीमले वर्तमान अध्यक्ष याम वहादुर जिसीको टीमलाई पद हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रतिबद्धता व्यक्त गदै नवनिर्वाचित अध्यक्ष याम वहादुर जिसीले व्यवसायीक एकता र व्यवसायीको हितका लागि सधैँ खटिरहने प्रतिबद्धता व्यक्त गदै सबैको साथको अपेक्षा गरे ।
समितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण संगै निर्वाचित हरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । शपथ ग्रहण समारोहमा निर्वाचन समितिका संयोजक पाण्डेले लोकतान्त्रीक पद्धतीवाट आएकोे नयाँ नेतृत्वले संस्थामा रहेका तमाम चुनौतीलाई आत्मसाथ गरी समितिलाई नमुना बनाउन आह्वान गरेे ।
कार्यक्रममा समितिको नेतृत्वका लागि अध्यक्षका प्रत्याशि प्रताव बहादुर कार्की र पंकज राईले समितिलाई व्यवसायीको पक्षमा चवलायमान बनाउने गरी नयां नेतृत्व क्रियाशिल रहन शुभकामना दिए ।
कार्यक्रममा समितिका पूर्व अध्यक्ष रामेश्वर प्रसाद श्रेष्ठले नयां नेतृत्वले व्यवसयाीको संरक्षण र हकहितमा काम गर्न सुझाव दिए ।
साे अवसरमा निवर्तमान महासचिव खिम बहादुर थापा नारायणले नवनिर्वाचित महासचिव बसन्त खड्कालाई माइन्युट र निर्वतमान कोषाध्यक्ष शंकर लम्सालले नवनिर्वाचित कोषाध्यक्ष काशीराम पोखरेललार्ई चेक बुक हस्तान्तरण गरेका थिए ।
कार्यालय प्रमुख प्रकाश गैरेले नव निर्वाचित नेतृत्वले यस संस्थाका कर्मचारीको मनोबल उच्च रहने गरी कार्य सम्पादन गर्ने विश्वास ब्यक्त गर्दै सधैँ सहकार्य सहमतिमा अगाडी बढ्न सुझाव दिए ।








