काठमाडौँ,२४ चैत ।
मध्यपूर्व तनावका कारण पेट्रोलियम पदार्थ मूल्य आकाशिएपछि सरकारले इन्धनमा मितव्ययिता अपनाउने नीति अघि सारेको छ । यसका लागि सरकारले जोरबिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा पेट्रोलियम पदार्थको आपूर्तिबारे छललफल भएको छ । मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत छूट दिने निर्णय गरेको छ ।
बैठकले पट्रोल, डिजेल र मट्टितेलमा लाग्दै आएको भन्सार महसूल र पूर्वाधार करमा ५० प्रतिशत छूट दिने निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
यससँगै सवारी साधानमा जोरबिजोर प्रणाली लागू गर्ने पनि तयारी भइरहेको मन्त्री रावलले बताइन् । मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै मन्त्री रावलले भनिन्,‘आवश्यक परेमा सरकारले जोरबिजोर प्रणाली लागू गर्नेछ ।’
सरकारले इन्धनको खपतमा मितव्ययिता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।








