काठमाडौँ,२४ चैत ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्ट विसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका हुन् ।
उनले बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायत विभागमा रहेर काम गरिसकेका छन् ।








