बुटवल,२२ चैत ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिकाे अध्यक्षमा यामबहादुर जिसी निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न १४औं अधिवेशनबाट जिसीकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हाे ।
अध्यक्षमा निर्वाचित जिसीले २४७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी पंकज राईले २२६ र प्रतापबहादुर कार्कीले १६८ मत प्राप्त गरे ।
समितिकाे वरिष्ठ उपाध्यक्षमा गणेश घिमिरे ४४९ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कृष्ण ठाकुरीले २२६ मत प्राप्त गरे ।
उपाध्यक्ष (खुला) पदमा डिल्लीराम रिजाल ४७७ मतसहित विजयी भए भने रन बहादुर कण्डेल (रमेश) २५४ मतमा सिमित भए ।
उपाध्यक्ष रुपन्देहीतर्फ वसन्ती आले र राजकुमार लामा (च्याङ्वा) निर्विरोध निर्वाचित भए । नवलपरासीबाट कृष्णबहादुर कण्डेल, नवलपुरबाट पर्शुराम भण्डारी (रामु) र कपिलवस्तु/अर्घाखाँचीबाट उज्जवल के.सी. पनि निर्विरोध निर्वाचित भए ।
काठमाडौँतर्फ उपाध्यक्षमा युवराज पन्थ ४१० मतसहित विजयी भए भने बेनेन्द्र वानियाँ २५२ मतमा पराजित भए । उपाध्यक्ष (गुल्मी, पाल्पा,स्याङ्जा) मा निरज के.सी. ३८० मतसहित विजयी भए । उनका प्रतिस्पर्धी रमेश भुसालले २९६ मत प्राप्त गरे ।
महासचिवमा बसन्त खड्का ४२३ मतसहित विजयी भए । अर्का प्रतिस्पर्धी भीमबहादुर थापा (नारायण)ले २५४ मत ल्याए । सचिवमा भूमिराम गैरे (गोपाल) ४०१ मतसहित विजयी भए । सचिवका अर्का उम्मेद्वार रमेश पोखरेलले २७० मत प्राप्त गरे ।
त्यस्तै कोषाध्यक्ष पदमा काशीनाथ पाेखरेल ३७८ मतसहित विजयी भए । अर्का उम्मेद्वार ठाकुर खड्का क्षेत्रीले २९८ मत प्राप्त गरे ।
कार्यसमिति सदस्य पदमा किशोर पंगेनी, खिमप्रसाद भुसाल, खेमलाल पौडेल, प्रदिप पन्थी, प्रेम वि.क, विकास अग्रहरी, विकास शर्मा आचार्य, बेलबहादुर खड्का (बले दाइ), भोजराज भुसाल र सुरज गुप्ता निर्वाचित भएकाे निर्वाचन आयुक्त अधिवक्ता महेन्द्र पाण्डेले जानकारी दिए ।








