काठमाडौं,२० चैत ।
शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतले आदेश
दिएको छ ।

सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन सरकार एवं सरोकारवालाहरूका नाममा आदेश जारी गरेको हो ।

कतिपय विद्यालयहरूले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गरेको भनी प्रश्न उठाएर दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकार एवं सरोकारवालाहरूका नाममा अन्तरिम आदेश दिएको हो ।

शैक्षिक सत्र सुरु नहुँदै कतिपय विद्यालयहरूले प्रवेश परीक्षा र प्रतिस्पर्धा प्रक्रियामा नाममा सूचना जारी गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो ।

सर्वोच्च अदालतले शिक्षा नियमावलीको प्रतिकुल कामकारबाही नगर्नु नगराउनु भनी आदेश दिएको हो ।