बुटवल,२० चैत ।
यातायात व्यवस्था कार्यालयमा विचाैलियाकाे काम गरेको आराेपमा प्रहरीले बुटवलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बुटवल स्थित यातायात व्यवस्था कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूलाई ट्रायल छिटो गराई सवारी चालक अनुमति पत्र दिलाइदिने भनी बढी शुल्क लिई रसिद समेत कटाई बिचाैलिया कार्य गरिरहेको अवस्थामा हिजो बिहीबार नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सुचना अधिकारी,प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएकाहरूमा कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं ३ खरेन्द्रपुर बस्ने बर्ष २५ काे सराेज खनाल र गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका-९ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं १३ बेलवास बस्ने बर्ष ३७ कि कुशुम मरासिनी रहेका छन् ।
घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






