काठमाडौं,२० चैत ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गयराति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १५ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।

मुल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर २०२ पर्ने भएको छ भने डिजल- मट्टीतेल प्रतिलिटर १८२ पर्ने भएको छ ।

निगमले मार्च १६ देखि ३१ सम्म भारतबाट बढेर आएको इन्धनको मूल्यका कारण निगमलाई १३ अर्ब २१ करोड घाटा भएको जनाएको छ ।

यो समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४.३६ र डिजलमा १२०.५४ रुपैयाँ घाटा रहेको बताइएको छ । साथै एलपी ग्याँस प्रति सिलिण्डर ४१६.३७ घाटा रहेको निगमले जनाएको छ ।