बुटवल,१९ चैत ।
बुटवलमा “नेपालमा बाल स्वास्थ्य सेवाकाे अवस्था र बाल स्वास्थ्य उपचारमा रहेको अन्तर” विषयक कार्याशाला सम्पन्न भएको छ ।

काठमाडौ इन्स्टिच्युट अफ चिल्ड्रेन हस्पिटल र देवदह मेडिकल कलेजकाे आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा बरिस्ठ मुटुराेग विशेषज्ञ डा भगवान काेइराला डा.उर्मिला शाक्य,डा विकास भण्डारी,डा राजु काफ्ले, डा नेत्र राना,डा साैरभ सिंहलगायतले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

साे अवसरमा डा भगवान काेइरालाले आफू मुटुराेग विशेषज्ञ भए पनि बालबालिकालाई अनाहकमा मर्म दिनुहुँदैन भन्ने उदेश्यले बाल अस्पताल सञ्चालनमा ल्याएको बताए ।

बाल स्वास्थ्य बारे सामान्य जानकारी नहुँदा सामान्य राेग पनि जटिल बन्ने भन्दै उनलेे बालबालिकाकाे स्वास्थ्य जाँचमा बिशेष ध्यान दिनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा देवदह मेडिकल कलेजका अध्यक्ष गाेपाल पाेखरेलले बालबालिकाकाे स्वास्थ्य उपचारका लागि अब राजधानी काठमाडौं जानुपर्ने अवस्थाकाे अन्त्य गर्ने उदेश्यले देवदह मेडिकल कलेज र काठमाडौ इन्स्टिच्युट अफ चिल्ड्रेन हस्पिटलबीचको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताए ।

साे अवसरमा काठमाडौ इन्स्टिच्युट अफ चिल्ड्रेन हस्पिटल,
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल,आम्दा अस्पताल,देवदह मेडिकल कलेज,युनिभर्सल कलेज अफ मेडिकल साइन्स तथा शिक्षण अस्पताल भैरहवा,लुम्बिनी मेडिकल कलेजमा कार्यरत बाल राेग विशेषज्ञ तथा चिकित्सकहरूकाे सहभागीता रहेको थियो ।