काठमाडौं,१७ चैत ।
नेपाली राष्ट्रिय फुटबल टिमले आज लाओसविरुद्ध खेल्दै छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले आज लाओसको सामना गर्ने भएको हो ।

यो खेल लाओसको भियन्टियानमा रहेको लाओ राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार साँझ ५:४५ बजेदेखि शुरु हुदैछ ।

लाओसविरुद्ध खेल्न एन्फाले किरणकुमार लिम्बुको कप्तानीमा एन्फाले २३ सदस्यीय टिम घोषणा गरेको छ । नेपाली टिममा किरण कुमार लिम्बु (कप्तान, गोलकिपर),अभिषेक लिम्बु,आदित्य शाक्य, अनन्त तामाङ,आयुष घलान, विमल पाण्डे,विशाल सुनार (गोलकिपर), दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, क्रितिश रत्न छुन्जु,मणी कुमार लामा,मनिष डाँगी, मिलन राई,पेम्बा डोर्जे लामा, रोहन कार्की, रोहित चन्द,रोमन भुजेल, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, समित श्रेष्ठ, योगेश धिमाल(गोलकिपर),योगेश गुरुङ र युवराज खड्का रहेका छन् ।

नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियक्त भएका स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेनाको यो पहिलो खेल हो ।

नेपाल र लाओस दुवैको ५-५ खेलमा ३-३ अंक रहेको छ र छनौट चरणबाट दुवै बाहिरिएका छन् ।