काठमाडौँ,१६ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक सन्जय चौधरीलाई घुससहित नियन्त्रणमा लिएको छ ।
उद्योग नविकरण गर्ने क्रममा घुस मागेर दुख दिएको सुचनाको आधारमा चौधरीलाई सेवाग्राहीसँग ३० हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले रकम र दुई वटा मोबाइलसहित विभागको परिसर बबरमहलबाटै नियन्त्रणमा लिएको हो ।
चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।








