पाल्पा,१६ चैत ।
वालमैत्री कार्यक्रम चलाउँदै आएको पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिलोत्तममा माविमा कक्षा ११ मा अध्ययनरत एक छात्राले बच्चा जन्माएकी छन् ।

विद्यालयकै छात्राबासमा बस्ने एक अविवाहित छात्राले बच्चा जन्माएपछि उनलाई बुवाआमाको जिम्मा लगाइएको विद्यालयका प्रधानाध्यापक झपेन्द्र ज्ञवालीले पुष्टि गरे ।

छात्राबासमा बस्ने अविवाहित छात्राले बच्चा जन्माएपछि हल्लिखल्ली मच्चिएको छ ।

ती छात्रा तिनाउ गाउँपालिका वडा नं. ५ कोलडांडा घर भएकी विद्यार्थी हुन् ।

छात्राबासमै सुत्केरी ब्यथा लाएपछि उनलाई अस्पताल पठाइएको थियो । उनको नाम भने यहाँ गोप्य राखिएको छ ।