काठमाडौँ,१५ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
आइतबार संयुक्त इजलासमा भएको बहसपछि मुद्दा पूर्ण इजलासमा सुनुवाइ गर्ने आदेश भएको सर्वोच्च प्रशासनले जनाएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।
निवर्तमान महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।
त्यो निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका थिए ।








