काठमाडौँ,६ चैत ।
सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासङ्घले काठमाडौंकाे माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
सरकारलाई खबरदारी गर्न महासङ्घले आज विरोधसभा आयोजना गरेको हो ।
प्रदर्शनमा विभिन्न ब्यानर र प्लेकार्ड बोकेर विरोध गरेका थिए । कार्यक्रममा सहकारी पीडितहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।








