काठमाडौं,२ चैत ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।
मुल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७२ पर्ने भएको छ भने डिजल- मट्टीतेल प्रतिलिटर १५२ पर्ने भएको छ ।
निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ३१, डिजलमा ५४ र एलपी ग्यासमा २१६ बढेर आएको जानकारी दिएको छ ।
अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको निगमतले जनाएको छ ।
‘यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ ।’








