पाल्पा,२४ फागुन ।
पाल्पा क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवबहादुर थापा निर्वाचित भएका छन् । उनलेे २६ हजार ७३६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । थापाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरे ।

त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिस्ट पार्टीका सोमप्रसाद पाण्डेयले ५ हजार २८८ र नेशनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गरेका छन् ।

निर्वाचित थापाले जितपछि सबै पाल्पालीको आफू सांसद् भएको र परिवर्तनको एजेन्डा स्थापित गर्न लागि पर्ने बताए । पाल्पाको रिब्दिकोट गाउँपालिका ७ पालुङ्मैनादी घर भए पनि रुपन्देही बुटवलमा बसोवास गर्दै आएका थिए ।

पाल्पा–२ मा यसअघि एमालेका ठाकुर गैरे विजयी भएका थिए ।