पाल्पा,२३ फागुन ।
पाल्पा क्षेत्र नं.१ मा नेपाली काँग्रेसका उमेदवार सन्दिप रानाले एक हजार ५१० मतको अग्रता लिएका छन् ।
उनलेे निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्यलाई पछाडि पार्दै एक हजार ५१० मतको अग्रता लिएका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका रानाले १७ हजार १७१ ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका आचार्यले १५ हजार ६६२ प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल पन्तले १२ हजार ७७५
मत प्राप्त गर्दा नेकपाका हुम सुनारी मगरले ९३९ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं १ अन्तर्गतका पालिकाहरूमध्ये हालसम्म माथागढी गाउँपालिका,तानसेन नगरपालिका वडा नं ८, तिनाउ गाउँपालिका वडा नं ५, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका,पूर्वखाेला गाउँपालिका तथा रामपुर नगरपालिका वडा नं १,२,३,४,५,६,७ र ८ काे मतगणना सकिएकाे जनाइएको छ ।






