पाल्पा,२३ फागुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पाल्पा क्षेत्र नं.१ मा नेकपा एमालेका नारायण प्रसाद आचार्यले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका आचार्यले ११ हजार ५८० प्राप्त गर्दा नेपाली काँग्रेसका सन्दिप रानाले १० हजार ८३ प्राप्त गरेका छन् ।
प्रारम्भिक मतपरिणाममा अग्रता लिएका रास्वपाका विमल पन्तले ८ हजार ८६२ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हुमबहादुर सुनारीले ७५५ प्राप्त गरेका छन् ।
पाल्पा क्षेत्र नं १ अन्तर्गत हालसम्म माथागढी गाउँपालिका, तानसेन ८, तिनाउ ५, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकाका वडा नं १ ,२, ३ र ४ को मतगणना सकिएकाे छ ।








