बुटवल,२३ फागुन ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया विजयी भएका छन् ।

अन्तिम मत परिणाम अनुसार रास्वपाका बनियाले आफ्ना प्रतिस्पर्धी एमालेका प्रमाेद यादवलाई ७ हजार ८ सय ४ मतान्तरले पराजित गर्दै जित हात पारेका हुन् ।

बनियाले २८ हजार ६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रमोद कुमार यादवले २० हजार २ सय ६२ मत प्राप्त गरे ।