बुटवल,२२ फागुन ।
रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले २३ हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।

पछिल्लो मतगणनामा खरेलले २९ हजार ३९४ मतसहित फराकिलो अग्रता लिएका छन् ।

नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ६ हजार २७१ र नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ४ हजार २१८ मत ल्याएका छन् ।

त्यस्तै नेकपाका विश्वदीप पाण्डेले ७२६ मत ल्याएका छन् । यो निर्वाचन क्षेत्रमा २०६४ देखि लगातार जित्दै आएका एमाले उपाध्यक्ष पौडेल धेरै पछि परेका छन् । मतगणना शुरु भएदेखि नै पौडेल ठूलो मतान्तरले निरन्तर पछाडि परेका छन् । यहाँ १ लाख ३५ हजार ५० मतदाता रहेका छन् ।