पाल्पा,२२ फागुन ।
पाल्पा क्षेत्र नम्बर- २ को प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवार माधवबहादुर थापाले अग्रता लिएका छन् । सुरुवातमा कांग्रेस उम्मेदवार हिमालदत्त श्रेष्ठको अग्रता देखिएकोमा अहिले रास्वपाका थापाले अग्रता लिएका हुन् ।
यस क्षेत्रमा ५ हजार ९८६ मत गणना हुँदा रास्वपा उम्मेदवार थापाले २ हजार १५३ मत सहित अग्रता लिएका हुन् ।
निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठ उनीभन्दा ५ सय मतान्तरले पछाडि छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रेष्ठले १ हजार ६४५ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका ठाकुर गैरे १ हजार २५ र नेकपाका सोमप्रसाद पाण्डेले ८७३ मत पाएको निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।








