रूकुम,२२ फागुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् ।
प्रचण्डले आफ्ना प्रतिस्पर्धी भन्दा तीनगुणा बढी मत ल्याएर विजयी भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार प्रचण्डले १० हजार २४० मत ल्याएका छन् ।
यहाँ एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् ।
त्यसैगरि कांग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन् भने रास्वपाका लखन कुमार थापाले ८१९ मत पाएका छन्।
रुकुमपूर्वमा जम्मा १९ हजार १ सय ८८ मत खसेको थियो ।









