बुटवल,२२ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता थप फराकिलो पार्दै लगेको छ ।
पछिल्लो मत परिणाम अनुसार रास्वपाका सुलभ खरेलले १३ हजार ८६९ मत ल्याएका छन् ।
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले जम्मा ३ हजार १३३ मत पाएका छन् भने नेपाली कांग्रेसका चुन्न प्रसाद शर्मा पौडेलले १ हजार ७७९ मत प्राप्त गरेका छन् ।
नेकपाका विश्वदिप पाण्डेले ४०५ मत ल्याएका छन् । यो क्षेत्रमा कूल एक लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ५१० मत खसेको थियो ।









