पाल्पा,२२ फागुन । पाल्पा क्षेत्र न १ काे प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका
बिमल पन्तले अग्रता लिएका छन् ।
नेकपा एमालेकाे गढकाे रूपमा रहेको मदनपोखरा तानसेन नगरपालिका वडा नं ८ मदनपाेखरा र तिनाउ गाउँपालिका वडा नं ५
काे मतगणना गर्दा रास्वपाका विमल पन्तले अग्रता लिएका हुन् ।
रास्वपाका पन्तको घण्टी चुनाव चिन्हमा १३०७,नेकपा एमालेका नारायण प्रसाद आचार्यकाे चुनाव चिन्ह सुर्यमा ५५४, नेपाली कांग्रेसका सन्दिप रानाको रूख चिन्हमा ३२२ र नेकपाका हुम बहादुर सुनारीकाे तारा चिन्हमा १४७ मत प्राप्त गरेका छन् ।









