बुटवल,२१ फागुन ।
आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीमा ६० प्रतिशत मत खसेको छ । जिल्लाका-५ वटै निर्वाचन क्षेत्रमा खटेका निर्वाचन अधिकृतहरूले दिएको प्रारम्भिक तथ्यांक अनुसार ६० प्रतिशत मत खसेको हो ।
क्षेत्र नं १ मा ५९ प्रतिशत अर्थात ८६ हजार बढी मत खसेको निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिए । यहाँ एक लाख ४६ हजार ८२४ मतदाता छन् ।
क्षेत्र नं २ मा पनि ५९ प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए । यहाँ एक लाख ३५ हजार ५० मतदाता छन् ।
क्षेत्र नं ३ मा करिब ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृत अशोकबहादुर बस्नेतले जानकारी दिए । यो क्षेत्रमा एक लाख ४० हजार ३५ मतदाता छन् ।
यसैगरी क्षेत्र नं ४ मा सबैभन्दा बढी अर्थात ६७ प्रतिशत मत खसेको निर्वाचन अधिकृत टोपबहादुर विष्टले जानकारी दिए ।
रुपन्देही क्षेत्र नं ५ मा ६० प्रतिशत बढी मत खसेको निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीले जानकारी दिए । यहाँ एकलाख ३४ हजार ४ मतदाता रहेका छन् ।








