बुटवल,१६ फाल्गुन ।
नेपाली कांग्रेस रूपन्देही–२ चुनाव प्रचारप्रसार तथा निर्वाचन परिचालन समितिले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।

चुनाव प्रचारप्रसारका समय अन्तिम चरणमा पुग्दा रूपन्देही-२ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेल र समानुपातिक उम्मेदवार रीता सेन वलीसहितकाे टोलीले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका हुन् ।
कतै गाडीमा त कतै पैदल घरदैलो गर्ने क्रममा मतदाताले उम्मेदवारहरू पाैडेल र वलीलाई फुलमाला र टीका लगाएर जितकाे शुभकामना दिएका थिए ।
घरदैलो कार्यक्रमको ११ औं दिन आज तिलाेत्तमा नगरपालिका वडा नं १ र वडा नं २ को घरदैलोका क्रममा साे वडाका मतदाताहरूले उम्मेदवारहरूलाई फुलमाला र टीका लगाएर स्वागत गर्नुका साथै जितेको शुभकामना दिएका हुन् ।
चुनावको मिति नजिकिँदै गर्दा मतदाताले देखाएको सद्भाव,शुभकामना ,सुझाव र सल्लाहले कांग्रेस उम्मेदवार पाैडेल पनि चुनाव जितिनेमा विश्वस्त देखिन्छन् ।
तिलाेत्तमाकाे घरदैलोका क्रममा संचारकर्मीहरूलाई प्रतिक्रिया दिदै कांग्रेस उम्मेदवार पौडेलले घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताहरूको सक्रिय सहभागीता र मतदाताहरूले देखाएको सद्भावले चुनाव जितिनेमा आफू विश्वस्त भएको बताए ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले आफ्ना टोलका सानोतिनो समस्या देखि लिएर दीर्घकालीन समस्या समेत खुलेर राखेका थिए ।
उनले स्थानीयका गुनासा टिपोट गर्दै विकास निर्माणका अधुरा कामलाई सम्पन्न गर्ने, टोलस्तरमै योजना छनोट गरी कार्यान्वयन गर्ने प्रतिवद्वता ब्यक्त गरे ।
घरदैलो अभियानका क्रममा स्थानीयले रोजगारी सिर्जना, बजार व्यवस्थापन र आधारभूत पूर्वाधार सुधारमा ठोस कामको अपेक्षा राखेका थिए । उम्मेदवार पौडेलले “विकास कागजमा होइन, व्यवहारमा देखिनुपर्छ” भन्दै आफु परिणाममुखी कार्यमा लाग्ने प्रतिबद्धता जनाए ।
त्यस क्रममा नेपाली कांग्रेसका सयौं नेता कार्यकर्ताहरूकाे सहभागीता रहेको नेपाली कांग्रेस रूपन्देही-२ का क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन समिति संयोजक प्रजापाल गिरीले जानकारी दिए ।








