बुटवल,१५ फागुन ।
फागुन २१ गतेकाे प्रतिनिधि सभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएकी कमला शाह (चन्द ठकुरी) ले उम्मेदवारी फिर्ता लिएको घाेषणा गरेकी छिन् ।
शुक्रबार अपरान्ह रूपन्देही क्षेत्र नं २ स्थित निर्वाचन अधिकृतकाे कार्यालयका नाउँमा पत्र लेखेर आफ्नो उम्मेदवारी फिर्ता लिएको घाेषणा गरेकी हुन् ।
नेपालकाे बदलिँदो परिस्थिति,भू-राजनीतिक अवस्था जेनजेड का माग,१२ बुँदे सहमतिलगायतका बिषयमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले कुनै पहल नगरेको अवस्थामा मिति २०८२/११/६ गते पुर्व राजा ज्ञानेन्द्रबाट राष्ट्र र जनताका नाउँमा दिएको ( सहमतिय प्रक्रियाबाट अगाडि बढेर मात्रै निर्वाचन गर्नुपर्ने ) सन्देशलाई राष्ट्रवादी जनताले बुँझे पनि नेपाल सरकार,सम्बन्धित निकाय,ठूला साना राजनीतिक दलहरूले बेवास्ता गरेको र निर्वाचन २०८२ देश र जनताको हितमा नरहेको ठहर गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएकी हुन् ।
उनलेे निर्वाचन बहिष्कार गर्न समेत आग्रह गरेकी छिन् ।
शाह दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियान अन्तर्गत महिला ऋण विभाग प्रमुख समेत हुन् ।






