बुटवल,११ फागुन ।
नेपालका लागि संघीय गणराज्य म्यानमारका राजदूत थान सीनले लुम्बिनी भ्रमण गरेका छन् । सोमबार कूटनीतिज्ञहरू प्रथम सचिव ई ई खिन, र खिन सु म्याट नाइङ सहित लुम्बिनी आएका उनिहरुलाई लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरूले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा राजदूत सीनले लुम्बिनीको धार्मिक तथा ऐतिहासिक महत्वको बारेमा जानकारी लिएका थिए । राजदूत सहितको टोलीले भ्रमणको क्रममा मायादेवी मन्दिर, रामग्राम र म्यानमारको विहार लगायत प्रमुख स्थलहरू अवलोकन गरेकाे लुम्बिनी विकास काेषले जनाएको छ । भ्रमणको क्रममा राजदुत सीले लुम्बिनी विकास कोषले भविष्यमा पनि नेपाल– म्यानमारबीच सांस्कृतिक आदानप्रदान र सहयोगका कार्यक्रम निरन्तर जारी रहने विश्वास व्यक्त गरे ।