दाङ,२६ माघ ।
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृतक युवक रोल्पाको त्रिवेणी गाउँपालिका-७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र दाङको तुलसीपुर उपमहागरपालिका-१७ का २९ वर्षीय कमल ओली रहेका जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रेशम बोहोराले जानकारी दिए ।
‘लु.प्र ०२९-००१ प ११०२ नम्बर को ‘पल्सर’ मोटरसाइकल बुढाथोकीले चलाएको बेला दुर्घटना भएको रहेछ,’ उनले भने, ‘घोराहीबाट तुलसीपुर जाँदै गर्दा गएराति मोटरसाइकल दुर्घटना भएको हो। तर, राति कतिबेला दुर्घटना भयो, हामी खोजी गर्दैछौँ ।’
तीव्र गतिको मोटरसाइकल बन्दै गरेको नयाँ पुलको पिल्लरको फाउन्डेसनमा खस्दा त्यसमा सवार युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुरुमा मृतक युवकहरुको पहिचान खुलेको थिएन। ‘पछि आफन्त आएर शवको पहिचान गरेका हुन्,’ डीएसपी बोहोराले भने ।
घटनाबारे आफूहरुलाई सोमबार बिहान साढे आठ बजेतिर यात्रुले खबर गरेका उनले बताए ।
आज बिहान उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








