बुटवल,२५ माघ ।
बुटवल-१२ जितगढीस्थित जितेश्वरी दुर्गा मन्दिर ब्यवस्थापन संस्था परिसरमा भविष्य पुराण तथा धान्याचल महायज्ञ २०८२ शुरु भएको छ ।
जय महाकाल युवा समुह र उर्वरभुमि नेपालकाे आयोजनामा आईतबारदेखी महायज्ञ शुरु भएको हो । महायज्ञ फागुन ४ गतेसम्म संचालन हुनेछ ।
पाठपारायण पंडित नारायण अधिकारीले बिराट महायज्ञमा आईतबार विधिवत पुजाअर्चना र झाकी रयाली समेत भएको छ । हिन्दु धर्मकाे रक्षा र समाजसेवाको भावनाका साथ महायज्ञ आयोजना गरिएको महाकालका जिल्ला संयोजक प्रदिप पोखरेलले बताए ।








