बुटवल,२६ पुस ।
ब्राह्मण समाज नेपाल जिल्ला कार्यसमिति रूपन्देही पाँचौ साधारणसभा रूपन्देहीको तिलाेत्तमामा सम्पन्न भएको छ ।
साधारणसभाकाे शनिबार एक कार्यक्रमकाबीच बुटवलको नयाँ गाउँ स्थित मुक्तिनाथ धामका संरक्षक लाेकानन्द स्वामीले उद्घाटन गरेका हुन् ।
साे अवसरमा लाेकानन्द स्वामीले ब्राह्मण जाती मात्रै नभएर ज्ञानको भण्डार भएको भन्दै ज्ञान हाशील नगर्ने ब्यक्ति ब्राह्मण हुन नसक्ने धारणा राखे ।
समाजका अध्यक्ष टाेपलाल भुसालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा रिब्दिकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की,बरिस्ठ सञ्चार्कर्ही खेमराज रेग्मी,जेष्ठ नागरिक भिमलाल भट्टराई,समाजका बरिस्ठ उपाध्यक्ष गाेविन्दराज पाण्डेलगायतले आ आफ्नो भनाइ राखेका थिए ।
साधारणसभाले अध्यक्ष टाेपलाल भुसालको बार्षिक प्रतिवेदन र काेषाध्यक्ष गाेविन्द प्रसाद बस्यालकाे काेषाध्यक्षकाे प्रतिवेदन पारित गरेको छ ।
साे अवसरमा जेष्ठ नागरिक तथा आजिवन सदस्यहरूलाई सम्मान गरिएको थियो ।








