बुटवल,९ पुस ।
चिसो बढेपछि बुटवल उपमहानगरले सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिएको छ ।

बुटवल उपमहानगरपालिकाले आज एक सुचना जारी गरी केहि दिनदेखि चिसो बढेकाले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै तीनदिनका लागि विद्यालयहरूमा विदा दिने निर्णय गरिएको जनाएको हो ।

केहि दिनदेखि बुटवलसहित तराई क्षेत्रमा बाक्लो हुस्सु र शीतलहरसँगै चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बार्षिक बिदाबाट कट्टी हुने गरि पुस ११,१३ र १४ गतेसम्म तीन दिन विद्यालय बन्द हुने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।