कपिलवस्तु,४ पुस ।
कपिलवस्तुकाे कपिलवस्तु नगरपालिका वार्ड नं २ बरदहवा स्थित गौतम बुद्ध आधारभूत विद्यालयमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
सामाजिक विकास परिषद् नेपालकाे आयोजना र नेपाल भारत मैत्री संघ केन्द्रीय समिति, कपिलवस्तु नगरपालिका, नेपाल अर्बुदरोग निवारण संस्था कपिलबस्तुको सहयोग र सिद्धार्थ नेत्रालयको सहकार्यमा सञ्चालन भएको शिविरमा १३४ जना बालबालिकाको आखाँ चेकजाँच र औषधि वितरण गरिएको परिषद्ले जनाएको छ ।
शिविरमा सिद्धार्थ नेत्रालयका प्रवन्धक सुदन वाग्ले सहित तीन सदस्य टोलीले बालबालिकालाई चेकजाँच गरेका थिए । कार्यक्रममा लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य राजेश ज्ञवालीले यस्ता कार्यक्रम नगरपालिकाभित्र रहेका ५२ वटै स्कुलमा संचालन गर्नु पर्नेमा जोड दिए ।
साे कार्यक्रममा नेपाल अर्बुदरोग निवारण संस्था कपिलबस्तुका सचिव इन्दिरा देवकोटा, विद्यालयका प्रधानाध्यापक सुजाता सुवाल, विद्यालय व्यवस्थापन समितिका सदस्यलगायतका समाजसेवीहरूको सहभागीता रहेको थियो ।








